A collection of poetry and short stories.
Sahitya Bhattarai
By sahitya bhattarai
By sahitya bhattarai
By sahitya bhattarai
By sahitya bhattarai
By sahitya bhattarai
By sahitya bhattarai
By sahitya bhattarai
By sahitya bhattarai
By sahitya bhattarai
By sahitya bhattarai
By sahitya भट्टarai
By sahitya bhattarai
तिमीलाई देख्ने बित्तिकै,
मनमा अनौठो वेग चल्छ।
के यो हावा हो,
कि तिम्रो आँखा भित्रको नशा?
तिमी नजिक आउँदा
मेरो सास नि छाल जस्तै चल्छ।
नभन्दै, शरीरभरि
अनौठो तर मिठो कम्पन उठ्छ।
तिमी हाँस्दा,
मुस्कान मात्र देख्दिनँ म—
त्यो मुस्कानको छायाँमा
लुकेको न्यानोपन,
मलाई आफ्नै बनाइरहेको महसुस हुन्छ।
म कल्पनामा डुब्छु—
तिम्रो हात समाएर,
त्यो हातमा आफ्नै धड्कन मिसाउँदै,
नजिकै बसेर
अनकही शब्दहरू मनमा डुलाउँदै।
तिमी रिसाउँदा त अझ रमाइलो लाग्छ,
किनकि त्यो रिसलाई
म मुस्कानले पगाल्छु भन्ने थाहा छ।
र, रिस पग्लिएपछि
तिमीको आँखामा चम्किने माया,
त्यो त नशा भन्दा बढी हो।
सुन, म स्वीकार्छु—
तिमी मेरा लागि कविता मात्र होइन,
तिमी त मेरो सबैभन्दा सुन्दर “अध्याय” हौ।
जुन पढ्दै जाँदा,
झन् झन् गहिरोमा डुब्न मन लाग्छ,
झन् झन् नजिक महसुस गर्न मन लाग्छ।
By sahitya bhattarai
आकाश जस्तो विशाल भए पनि,
उसलाई धर्ति कहिल्यै अँगाल्न पाउँदैन।
त्यस्तै छु म—
मैले पनि जिन्दगीलाई
कहिल्यै अँगाल्न सकिनँ।
हजारौँ पल आए,
तर मेरो हात सधैँ खाली रहे।
सपना त थिए,
तर सपनाले कहिल्यै
यथार्थलाई भेटेनन्।
आकाश र जमिनबीचको दूरी जस्तै
म र “सफलता” बीचको दूरी रह्यो।
आफ्नै छायाँसँगै हारेँ,
आफ्नै शब्दसँगै मौन भएँ।
मेरो हातबाट
कसैले खुसी फुलाएजस्तो लाग्दैन,
मेरो नजरबाट
कसैलाई आशा पलाएजस्तो लाग्दैन।
जीवनको कापीमा
मेरो नामसँगै
अपूर्णताको मात्र दाग देखिन्छ।
हुन त
आकाश अझै नीलो छ,
धर्ति अझै सुगन्धी छ—
तर म?
म त केवल शून्य,
न आकाश बन्न सकेँ,
न घर्ति नै बन्न सकेँ।
By sahitya bhattarai
तिमीलाई नजर लेख्छु, आफूलाई सपना लेखिदिन्छु,
तिमीलाई स्पर्श लेख्छु, आफूलाई अनन्तना लेखिदिन्छु।
तिमीलाई हाँसो लेख्छु, आफूलाई अस्तित्व लेखिदिन्छु,
तिमीलाई गीत लेख्छु, आफूलाई जीवनको संगीत लेखिदिन्छु।
माया गर्छु मात्र भनिदेऊ तिमिले ,
तिमीलाई धड्कन बनाएर म सिङ्गो जिवन लेखिदिन्छु…!
By sahitya bhattarai
बिहानीको चिसो बतासमा,
न्यानो चियाको कप समाउँदै,
तिम्रो यादको स्वाद मिसिन्छ,
अनि म, फेरि तिमीमै हराउँछु ।
चियाको पहिलो चुस्की जस्तै,
तिम्रो मुस्कान मीठो लाग्छ,
नरम बतासले चियाको वाफैमा,
तिम्रा स्पर्शका सम्झनाहरू ल्याउँछ ।
तिमी बिना यो चिया पनि फिक्का,
न स्वाद, न त कुनै मिठास,
तिमी बिना मेरो बिहान अधुरो,
न त घाम, न उज्यालोको आस ।
तिमी छौ भने चिया मीठो,
न्यानो घामको माया जस्तै,
चुस्कीचुस्कीमा तिमी भेटिन्छौ,
चिया अनि तिमी, एकै हौ मलाई
By sahitya bhattarai
म त कागजको अस्थि,
तिम्रो हातको न्यानोले कोरिएको आत्मा।
मसीका प्रत्येक धर्का,
तिम्रो मुटुको स्पन्दनका गोप्य नक्सा।
एक दिन, तिमीले मलाई अँगालेर रोयौ,
अक्षरहरूमै आँसुका दाग बसाल्यौ,
र भन्यौ— "यो कागजभन्दा पनि लामो टिक्छ मेरो प्रेम।"
तर प्रेम, हाँसोझैँ अल्पजीवी भयो।
तिमीहरूको जीवन नयाँ उज्यालोमा हरायो,
र म अँध्यारो कोठाको कुनामा धुलोमा डुबेँ।
आज पनि,
यदि कसैले मलाई उघार्छ भने,
अक्षरहरू पढिँदैन—
तिम्रो नशा, तिम्रो सुगन्ध,
र तिम्रो अनन्त खोजाइ मात्र सुनिन्छ।
मैले बुझेँ—
प्रेम सधैँ साथ हिँड्दैन,
तर प्रेमका स्मृतिहरू मृत्यु सम्मै
सासमा बाँचिरहन्छन्।
म त चिठी मात्र हुँ,
तर मभित्र तिमीहरूको अधूरो अनन्तता
अझै धड्किरहेछ।
By sahitya bhattarai
मेरो आत्मा–
अब बोधिसत्व होइन,
धुवाँ बनेर उडिसकेको एउटा दीप हो,
जहाँ बत्ती बलेको थिएन,
तर जलिरहेको थियो म,
शब्दहरू जस्तै —
बिना उच्चारणका,
तिमीले कहिल्यै नपढ्ने कविता झैं।
तिमीलाई सम्झनु भनेको
चिसो आगोमा हिँड्नु हो,
जहाँ खरानीले कुहिएको सपनाको लास भेटिन्छ,
त्यो लास म नै हुँ,
तर अनुहार छैन —
किनकि प्रेमले नाम होइन, पीडा चिनिन्छ।
कसरी बताऊँ —
मैले हाँसो बिर्सेको दिनदेखि
चन्द्रमाको उज्यालोले पनि मलाई पोल्न थाल्यो,
र मन–
कसमसिएको आँसुको थाल भयो,
जहाँ एक चोटि खस्न पुग्यो
तिमीको सम्झनाले नुहाएको बादल।
शब्दले नै चोख्याउन नसक्ने कथा थिए
हाम्रा मौनताका व्याख्या,
म मौन थिएँ
तिमी उच्चारणमा हराइरहेकी थियौ,
तर गजलहरू त सधैं मुटुमा बग्छन् —
किनकि कविता केवल लेखिँदैन,
बाँचिन्छ पनि।
तिमी छौ कि छैनौ —
यो प्रश्न अब गहिरो छैन,
किनकि म त बाँचिरहेको छु
एउटा युगको अन्त्य भएर।
र तिमी?
शायद कुनै अन्तिम अक्षरमा
अझै रुन बाँकी,
अझै जल्न बाँकी…
एक यस्तो प्रेम जसले नाम पाएन,
तर समाधि बनायो।
By sahitya bhattarai
तिमी बिहानको पहिलो किरण,
म भने रातको अन्तिम सपना।
तिमी फूलमा झरेको शीत,
म भने सुख्खा हाँगाको वेदना।
तिमी संगीतको मधुर लय,
म मौनताको गहिरो व्यथा।
तिमी उज्यालो जूनको चाँह,
म भने एक्लो बादलको छाया।
तिमी समुद्रको अथाहा गहिराइ,
म किनारामा टुटेको लहर।
तिमी रंगीन इन्द्रेणी,
म वियोगको ओसिएको मन।
तिमी आशाको नयाँ बिहान,
म सम्झनाको बिर्सिएको पत्र।
तिमी प्रेमको अटुट स्रोत,
म शब्दमा बाँधिएको मौनता।।
By sahitya bhattarai
केहि वर्ष पर्ख न ल!
म त डेरामा बसेको मान्छे
अँध्यारो भविष्यको
घेरामा बसेको मान्छे
न त व्यापार छ
न त जागीर छ
मनभरि केवल पीर छ
अनिश्चित तक्दिर छ
अहिले त सक्दिन
केहि वर्ष पर्ख न ल ।
गाउँको भत्किएको
घर बनाउनु छ
तिमी गुणवती छौ भनि
बा' आमालाई मनाउनु छ
अनि आउँला नि
तिम्रै आँगनम
बाजा बजाएर
डोली सजाएर
केहि वर्ष पर्ख न ल।।
के नै होला र आखिर,
मेरो कपाल झरेर
तालु खुइलिएल
माया त पलाइरहला नि
तिम्रो मुहारमा चमक हराउला
मुस्कान त उहि
भेटिएला नि।
घरमा कुरा चल्यो भने
म त सधैँ टारूँला नि
बैशाखलाई मंसीर अनि
मंसीरलाई बैशाखमा
सारूँला नि
तिमी पनि
टारिदेउ ल
बहाना बनाई सारिदेउ ल
धेरै दवाब आयो भने
झुटकै आँसु झारिदेउ न ल
कुरा चले कुरा काट्देउ न ल
मिलाइ मिलाइ सँधै ढाटिदेउ न ल
केही त हाेला नि हाम्राे नि है
केही वर्ष पर्ख न ल।।
By sahitya bhattarai
पहिलो पात्र प्रेमको परिचय,
पलभरमै परिभाषित पवित्र प्रेम।
पछिल्लो पाटोमा पीडाको पदचाप,
पलायन पश्चात् पनि प्रेमप्रतिको प्रयास।
पर्खाइको पल पल्टिँदै पिरती,
पछुतो पिडाभित्र पनि प्रीतिको पूजा।
पानामा पत्र, परेवा पथमा,
पुनर्मिलनको प्रार्थना पूर्ण पर्खाइमा।
पाप पनि पग्लन्छ प्रामाणिक प्रेममा,
पवित्रता पाउँछ प्रेमले पिनिएको पीडा।
पछिल्लो प्रयास, पुनः प्रस्ताव,
प्यारा पलहरू पुनर्जीवनको प्रस्ताव
By sahitya भट्टarai (story)
एक प्रेम दुई संसार
माघको महिना , मानौ घाम बादलहरु संग लुकिडुम खेलिरहेको थियो देखा पर्ने कुनै चासो देखिएको थिएन । चिसो काट्नका लागि कालो स्वेटर अनि खैरो ट्राउजर लगाएर सिरक भित्र थियो सार्थक।
निन्द्राले आँखा छोप्न लागेको थियो । मोबाइलको आवाजले उस्को निन्द्रा बिच्कियो । मोबाईल खोलेर हेर्दा फेस्बुको नोटिफिकेसन थियो "तृप्ती निरौला sent you a friend request"। बैसाले कुत्कुत्याएको सार्थक अनि केटिको फ्रेन्ड request । उस्को id खोलेर हेर्न बाट उ आफुलाई रोक्न सकेन । कपाल मात्र देखिएको profile तेहि नि खोलेर हेर्न नमिल्दो । न कुनै फोटो न केही पोस्ट नै थियो उस्को वालमा । सार्थकले सोच्योकी कोहि साथी उस्लाई फेक id बनाएर उसलाई झुक्याउन खोजिरेहेको छ । उस्ले केही वास्ता नगरी मोबाइल त्यसै छाड्यो र निदाउन बल गर्यो । भोलि बिहान उ कलेज गयो र आफ्ना साथीहेरु बाट केही सुराखी पाइन्छकि भनेर बेलुकिको घटनाको वृतान्त सुनायो । कोहि बाट केही अत्तोपत्तो नपाएसी उस्ले त्यो फेक id भएको निस्कर्स निकाल्यो ।
बिहानको कलेज अनि झापाको त्यो मुटु कमाउने चिसो लाग्थियो कि सयौ सुइ हरु एकसाथ मुटुमा छिर्न खोजिरेका छन् । चिसो अनि बिहान बिहानै को त्यो निन्द्रा लगाउने physics chemistryको लेक्चर । हरेक दिन दुस्मन झै भएर आयेका थिए । एक दिन बिहानै सार्थकको साथी सुरेश सार्थक सामु खुल्यो " सार्थक नयाँ batchमा एउटा केटि आयेकी छेरे सारा केटाहरु पछी लाग्या छन् ।" सार्थक खासै चासो नदेखाइ सुरेशको कुरा सुनी रह्यो । केटाहरु नयाँ केटि देख्न साथ पछी लागि हाल्ने त हुन उ मन मनै सोचिरहेको थियो । सुरेश फेरि बोल्यो " त्यो केटीले मलाई मन पराउछे भन्ने हल्ला छ के हिड न "। यो पटक सार्थक अचम्ममा पर्यो र सुरेशलाई हेरेको हेरै भयो । केही बेर एक शब्द नबोली हेरिरहेको सार्थक बोल्यो " नाम के रे ?" । "तृप्ती " । सार्थक केही रुखो हुँदै बोल्यो " तलाई अस्ति सोदेको हैन "। हिड अब कुरा गर्नु पर्छ ।
सार्थक र सुरेश एक वर्ष अगाडि चिनजान भएका थिए । +२ गरिरहेका दुबै इलाम बाट झापा झरेर पडिरहेका थिए । सुरेश पढाइमा अब्बल अरु तिर खासै ध्यान नदिने । सार्थक ठिक उल्टो १० सम्म त पढाइमा राम्रो थियो र त बिज्ञान लिएर +२ अध्यापन गरिरहेको थियो तर अहिले केही खस्केको । उचाईमा लगभग ६ फिट , शरीरमा हड्डी र छाला मात्रै भए जस्तो लुते , काला आँखा अनि काला बाक्ला आँखिभौ । ओठ हल्का कालो सायद उस्को ओठमा च्यापिने ती चुरोटले थियो । सुरेश पनि सार्थक कै कद को , गोलो चस्मा लाउने अनि चिल्लो अनुहार । समग्रमा cute बच्चा झै ।
सार्थक र सुरेश breakमा class बाहिर निस्के । तृप्ती र उनिहरुको class ओल्लो पल्लो भएको पता पाएपछि उनिहरु हरेक केटि हेर्दै तृप्ती को होलि भन्ने आन्दाज गर्दै थिए । सार्थक केही junior भाइ हरुसंग साथी थियो । उस्ले बिबश नाम गरेको एउटा भाइ लाई बोलायो र तृप्ती को हो भनेर सोध्यो । बिबशले तृप्ती canteen गएको र आए पछी चिनाउने कुरा सार्थकको आगि टक्रायो । सुरेश केही निराश देखिन्थ्यो । उनिहरु बाहिर कतै नगै तेहि class आगाडी तृप्ती रुगेर बसे । ब्रेक सक्किन लागेको थियो बिबश फेरि देखा पर्यो र औंला ले इसरा गर्दै सार्थकलाई भन्यो " तेहि हो तृप्ती "। सार्थक र सुरेश दुबैका आँखा पर बाट आउदै गरेका तीन जना केटिहरुको ग्रुप तिर मोडिए । बिचमा थि तृप्ती । सार्थक निहालन लाग्यो उसलाई । कुर्था सुरुवाल अनि बाहिर उनी को स्वेटर । निधारमा सानो कालो टीका । ओठमा lip gloss थियो या lip gaurd थियो उस्ले थाहा पाएन । चिटिक्क पारेर कोरेको कपाल ,आँखामा हल्का लागेको त्यो गाजल अनि मुसुक्क हास्दा देखिने त्यो मिलेका दातका लहर अनि सुनमा सुगन्ध लाउने त्यो हल्का चुच्चो नाक । स्वर्ग बाट उत्रिएकि अप्सरा भन्दा कम थिइन तृप्ती । सुरेश तिर पुलुक्क हेर्यो सार्थकले , सुरेश भने सार्थक जति प्रभावित देखिएन । बोल्ने तरखरले सुरेशलाई हिड भनेर सार्थक तान्न थाल्यो । सुरेश भने केटि संग बोल्न भनेसी पसिना छुट्ने । सार्थकलाई नजाने भनी बल गर्दै थियो । सार्थकले जति बल गरे नि केही नलागेसि उ सुरेशलाई कराउन थाल्यो "साला, आफै आयो मन पराउछे भन्दै अनि अहिले आफै डराउछ नामर्द "। सुरेश केही नभनी सरासर classमा छिर्यो । सार्थक पनि सर आएको देखेर निधार खुम्च्याउदै class छिर्यो । तृप्ती संग बोल्ने उनिहरु को योजना पनि योजनामै सिमित भयो ।
सार्थक कलेज बाट आउन साथ सिरक भित्र पसिसकेको थियो । जाडो अनि बिहान भर को थकान । सिरक को त्यो न्यानोपन ले निन्द्रा लगाउने निश्चिति थियो । सार्थक को दिनचरिया तेस्तै बनिसकेको थियो । बिहान उठ्यो कलेज गयो पड्यो आयो खाना खायो सुत्यो अनि ४ बजे पछी उ र उस्का साथी क्रीकेट खेल्न जान्थे । रुममा सार्थक संग उस्कै गाउँका दुई साथी बस्थे । कमल अनि तिलक । सधैं जसरी सार्थक ४ बजे पछी उठ्यो र क्रीकेट खेल्न जाने तरखरमा थियो । बट्टामा भएको एउटा चुरोट निकालेर सल्कायो । चुरोटको धुवाँ संग खेल्दै उ मोबाइल हेर्दै थियो । फेरि तृप्ती को request आएको देख्यो । उस्ले भित्र लिएको चुरोटको धुवाँ बाहिर निस्किन नपाउदै request accept गरि हाल्यो । उसलाई चिनजान गर्नु थियो तृप्ती संग अनि अगि बडाउनु थियो सुरेशको कुरा । सार्थकलाई थाहा थियो तृप्ती नि सुरेशलाई मन पराउछे भन्ने कुरा . उस्ले तृप्तीलाई message लेख्यो " ओहो बुहारी नानी" । केही बेरको पर्खाइ पछी तृप्तिले रिप्लाई गरि हासेको इमोजी अनि "बुहारी त हैन है " भन्ने सन्देशको साथ । सार्थक क्रीकेट खेल्न निस्किन लागेको थियो । मेसेजको पर्वा नगरी उ र तिलक रुमबाट निस्किए अनि गफ गर्दै लागे ground तिर ।
क्रीकेटको भोगी थियो सार्थक , खेल्न तेति मज्जाले नआएपनी हेर्न भने खुब रुचाउथियो । कति सम्म भने उसलाई मन पर्ने टिम या खेलाडीको गेम छ भने उ खाना खान समेत बिर्सिन्थ्यो । अरु केहिको पर्वा त उ तेसै नि खासै गर्दैन थियो । एक पटक त Ashes को सेरिज हेर्दा उ ५ दिन स्कुल गएन । पछी स्कुलबाट घरमा फोन गरेपछि उस्ले घरमा कुटाइ समेत खाएको थियो , पढाई हुँदैन भनेर ढाटेको जो थियो । उ र उस्का क्रीकेटप्रतीको लगाभका कथा धेरै छन् ।
बेलुकी फर्के पछी मात्र उस्ले मोबाइल हेर्यो । तृप्तीको मेसेज आएको उस्ले देखि हाल्यो र औपचारिकता देखाउदै हाल खबर सोध्यो । केहि चिनजानका सवाद साटिए दुई बिच । तृप्तीले उनिहरुलाइ कलेज आए देखि नै याद गरेको र उनिहरुको सबै कुरा थाहा भएको कुरा बताइ । सार्थकले तृप्ती लाई सोध्यो
"घर कता नि?"
"चाराली"
सार्थक ढिला नगरी अगि बढ्यो -
" सुरेश तिम्रो आगाडि आयो भने बोल्न सक्छौ?"
- "नाइ मलाई कुरा सुरु गर्नै आउदैन नि दादा! "
- "सुरेशनि तेस्तै त छ केटि भनेसी त झन पसिना निस्किन्छ तेस्को "
-"अब के गर्ने त दादा?"
- " चिन्ता नगर म मिलाउछु तिमिहेर्को जोडि "
भोलिपल्ट बिहान सार्थक अरु बेला भन्दा छिटै कलेज गयो । पर्खाइ थियो तृप्तीको । बिहान भरको पर्खाई पछी class सुरु हुने बेलामा तृप्ती फेरि तेहि हुलियामा देखा परि । मात्र good morning को साटा साट पछी सार्थक classमा गयो । दिउँसो सार्थक र सुरेश अनि तृप्ती र उस्का दुई साथीहरू संगै खाजा खान गए । सार्थक तृप्ती तिर हेरेर सुरेश संग बोल्ने इशारा गरि रहेको थियो । सुरेशलाई पनि सार्थकले बोल्न जोड नगरेको हैन । दुबै चुप बसे पछी सार्थक आफैं बोल्न थाल्यो . " तिमिहरुको नाम चै ? " सार्थकले तृप्तीका दुई साथीहरू लाई सोध्यो । एक जनाको नाम अदिती र अर्कोको नाम सृजना भएको कुरो उनिहरुले पालै शीत बताए । सृजना चै सार्थकको भान्जी पर्ने कुरा पनि उस्ले थाहा पायो । एउटा नयाँ साइनो गासियो सार्थक र सृजना बिच । कुरा अनि आनिबानी पनि मिल्थ्यो दुई बिच । सार्थक बोली रहने बानी भएको सृजना पनि तेस्तै अनि दुबै अलि चन्चले स्वभावका । break सक्कियो सबै आआफ्नो class तिर लाग्न थाले । सार्थक सबैलाई अगि लगाएर class तिर हिड्यो । सुरेशलाई पछी तानेर हपार्दै थियो सार्थक तृप्तीले चाल पाई हाली । उस्ले पछाडि फर्केर सार्थक तिर हेरेर केही नभन्नु को भाव ले हेरि । सार्थक तेहि चुप भयो ।
दिन बित्दै गए - र तेहि दिन चरिया पनि । ब्रेकमा canteen जाने खाजा खाने अनि केही गफ जो केबल interview स्वरुप हुन्थे । एक दिन तृप्ती को class off भएको दिन । सार्थक पनि सुरेश लाई लिएर तृप्ती सामु गयो class bunk गरेर । सार्थक चाहन्थ्यो कि तृप्ती र सुरेशजो एक आपसमा प्रेम गर्थे केही कुरा कानी उनीहरु बिच होस् । कुरा केही आगाडी बढोस् । मन मिल्ने भए सम्बन्ध गासियोस र नमिल्ने भए एक अर्को बाट टाढाहुन् । सुरेशलाई लिएर सार्थक तृप्तिको आगाडी उपस्थित भयो । सार्थक र भान्जी दुई जानालाई छोडेर केही पर गए र college को ground नेर रहेको रुखले छलिएर बसे । सुरेश तृप्ति तिर हेरेर उभिइरह्यो तृप्ती भने लाजले शिर झुकाएर बसि रहेकी थि । निकै समय सम्म उनिहरु बिच सन्नाटाले आफ्नो जग गाडेर बस्यो ।
सुरेशले केही हिम्मत गरेर बोल्यो -"अचम्म है ! संगै हुँदा नि बोल्ने केही छैन म संग त । तिमी केही बोल न तृप्ती"
"म संग झनके होला र सुरेश । सायद दुबै introvert भए पछी येस्तै होला।" लजाउदै तृप्तीले जवाफ फर्काई । एउटा classको समय भरी संगै भए सुरेश र तृप्ती तर केही गतिलो संवाद हुन सकेन उनिहरु बिच ।
१२ को अन्तिम परिक्षा आउन लागेको थियो । कलेजको अन्तिम दिन । सार्थक सुरेशलाई लिएर तृप्तीकै classमा गयो । उस्ले दुई जनालाई संगै राखेर भन्यो -" तिमिहरु एक अर्कालाई माया गर्छु भन्ने अनि आगाडी हुँदा चै खोलाको दुई किनार जस्तो किन गर्छौ हँ?" - दुबै केही नबोली चुप बसिरहे । केही प्रतिकृया नपाएपछि सार्थक सरासर बाहिर गयो । सुरेश उस्कै पछी पछी निस्कियो । तृप्ती केहि नबोली चुप बसि रह्यो ।
--सुरेशको कोठा
सुरेश दिदीसंग बस्थ्यो । सार्थक पनि सुरेशको कोठामा आउने जाने गरि रहन्थ्यो । सुरेशको दिदिको बर्थ्डे । सार्थक सुरेश , सुरेशको दिदी जस्को नाम सरिश्मा थियो अनि सरिश्मा दिदीको साथी - अनमिका । एउटा प्लेटमा मासु राखिएको थियो । सुरेश, सरिश्मा अनि अनमिकाको हातमा सिसाका गिलास थिए अनि गिलासमा आदि आदि बिअर । सार्थक अलि बिग्रेको थियो - उ बोत्तल लिएर बसेको थियो । मासु अनि बिअरको चुस्की लिदै सबै ludo खेल्दै थिए । सबै खेलमा मग्न थिए । सार्थक बाहेक अरु सबै रक्सी पहिलो पटक पिउदै थिए । थोरै बिअरले नि अलिअली मातेका जस्ता देखिन्थे । बिअर र मासु नहुनु भने त्यो बर्थ्डे कम अनि शान्ति सभा ज्यादा देखिन्थ्यो होला । सन्नटा थियो सबै तिर । सरिश्मा दिदी बोली लर्बराउदै बोलिन - " सार्थक तेरो साथिको प्रेम सम्बन्ध अगि बडाउन लागि परेको छस् रे त के हो कुरा" सार्थकले एक पटक सुरेश तिर हेर्यो अनि अरु सबै को अनुहारमा नजर पुरायो । अनि हास्दै भन्यो - " सारा कलेज जस्को पछी परेको छ त्यो येस्को पछी छे अहिले तेस्तो सोजि राम्री केटि काहिँ भेटिदैन । यो साला चोर अगाडि परेर नि भिजेको मुसो - थुक्क " त्यो थुक्क दुई तिरै हुने गरि भनेको थियो सार्थकले एउटा सुरेशलाई अनि अर्को उस्को गट्टी काटिएर । - " थुक्क चै सुरेशलाई कि ?" जोर ले हास्दै अनमिका दिदी बोलिन । कोरोना फैलिए झै हासो सबैको अनुहारमा फैलियो । गिलासमा रहेको रक्सी स्वाट पार्दै सुरेशले लामो सास फेर्यो । एक पिस मासु उठायो अनि मातेर झुर भएको तालमा बोल्न थाल्यो -" हेर सार्थक तृप्ती मलाई मन नपर्ने हैन । मैले नै तलाई भनेको हो तृप्तीले मलाई मन पराउने कुरो नि । तर मेरो दुरभाग्य मेरो फुटा किस्मत -" केही बेर रोकियो सुरेश फेरि एक पिस मासु उठायो सार्थकलाई बिअर भर्न इसारा गर्दै भन्यो -" निरौला त बुढा मावलि " मातेर हो या भावुक भएर उस्को आँखामा आँसु आकाशका फाट्टफुट्ट बादल झै देखिन थालेको थियो । बोत्तल बाट ठादो घाँटी लाई रहेको सार्थक एक्कासि रोकियो । सबै उस्को मुख हेरि रहेका थिए ।-"जडिया" अनमिका बोलिन । सार्थकले फेरि एक घुड्की चडायो अनि भन्यो -" हेर सुरेश जहाँ सम्म मलाई थाहा छ या सुनेको छु बुडा मावली को घर बार्नु थर नबार्नु भन्छन् । तलाई केही कर त म किन गर्थे र तृप्ती केही महिना अगि चिनजान भएकी हो । धेरै समय त भएको छैन तर अचम्मको कुरा के भने उस्लाई नजिक बाट चिन्ने मौका मैले पाइसकेको छु । आफ्नै कोहि होकि झै लाग्न थालेको छे तृप्ति । मानौ वर्सौवर्ष देखि चिनी रहेको छु। हेर सुरेश सिदा सिदा यो कुरा तृप्तीलाई भनिदे त्यो बिचारी लाई दु:ख नदे । अरु जे गर्छस तेरो मर्जी । " सबै सार्थक तिर हेरेको हेरै भए । रक्सी सक्कियो साथ साथै मासु पनि । अनमिका दिदि आफ्नै रूम तिर लागिन सुरेश र सरिश्मा दिदीकै कोठामा बस्यो सार्थक ।
भोलि पल्ट बिहानै सार्थक र सुरेश कलेज गए । बाटोमा सार्थक सुरेशलाई बेलुकी भएका कुरा हुभहु तृप्तीलाई भन्नु भनेर सम्झाउदै गयो । सुरेश उस्को लमा ल मिलाउदै गयो तर निराश पार्ने कुरो सार्थकका हरेक कुरामा ल भनेनी सुरेश तिम्रो मुटुमा छ भनेको थाहा पाउँछस भनेर सार्थकले भनेको कुरा सुरेशले मानेको थिएन । सुरेश रिसाएको अनुहार बनाई सार्थक तिर हेरि रहेको थियो । भोलि पल्ट देखि कलेज बिदा थियो कारण १२ को परिक्षा नजिकिदै थियो । practical exam सार्थक र सुरेश फाल्टा फाल्टै shiftमा परेका थिए । उनिहरुको भेट त्यो दिन बाट पातलिदै गयो । सुरेश सार्थक सामु खासै देखिन छाड्यो न त उस्को कल मेसेज बेलामा रिप्लाई गर्थ्यो । परिक्षा भर सार्थक पनि तेति धेरै कतै भुल्लेन , उ भुल्लिने भनेको रुममा छिमेकि दाइहरु संग बसेर तासको खाल जमाउदा मात्रै थियो । बिस्तारै दिन बित्दै गए। सार्थक ioe तयारिका लागि काठमाडौ गयो । उ उतै ब्यस्त हुन थाल्यो खासै कोहि संग उस्को बोलचाल हुन्थेन । कहिले काहीँ तृप्ती सम्जिदै गर्नु है ! भनेर मेसेज गर्थी । एकदिन सार्थक क्लासबाट फर्किदै थियो उस्को मोबाईलमा मेसेज आएको घण्टी बज्यो । मोबाईल खोलेर हेर्दा मेसेज तृप्तीको थियो -" कुरा गर्नु छ तपाईंसंग " । यो छोटो मेसेजले सार्थकको जिवनमा के फरक पार्छ उस्ले एक रत्ती पनि सोचेको थिएन होला । "-ऐले बाटोमा छु घर पुग्ने बित्तिकै तिमिलाई मेसेज गर्छु है " येहि प्रतिकृया छाडेर सार्थक थापाथली चोक बाट बस चड्यो । पुग्नु थियो ठिमी । बस बाट उत्रेर घर पुगिसके पछी उ सिधै फोन झिकेर तृप्तिलाई मेसेज गर्न तर्फ लाग्यो । नत्र उ घर पुगेर सबै भन्दा पहिले नुहाउन तर्फ लाग्थियो अनि खाजा खाएर मात्र फोन हेर्थ्यो । -"के कुरा तृप्ती " उस्ले हतारिदै तृप्तीलाई मेसेज गर्यो । केही बेरको बेचैनी पछी तृप्तीको रिप्लाई आयो । -" सुरेश मसित बोल्नै छाड्यो । गरेको मेसेज नि हेर्दैन । न आफै केही मेसेज गर्छ । के भाको तपाईंलाई थाहा छ ?" - सार्थक एक्छिन अचम्ममा पर्यो अनि एकखेप आफैलाई धिक्कर्यो - तेहि दिन उस्ले सुरेशलाई राखेर आफै कुरा गरेको भए । अनि फेरि सोच्यो सुरेशले अझै सम्म नभनेर चै के गर्न खोजेको होला। उसलाई कारण त थाहा थियो तर उ सुरेशले नै तृप्तीलाई भनोस भन्ने चाहान्थ्यो ।-"छैन त ! म त्यो संग नबोलेको त महिनौ भैसको तृप्ती । मलाई केही थाहा भयो भने म भन्छु नि । म कुरा गर्छु नि त्यो संग चिन्ता नगर तिमी । " सायद जति सुरेश नजिक थियो सार्थकको त्यो भन्दा बढि तृप्ती सार्थकको नजिक भैसकेकी थि । bestfriends भैसकेका थिए सार्थक र तृप्ती । उस्ले तु सुरेशलाई मेसेज गर्यो - " साला एत्रो समय भैसक्यो किन नभनेको तैले तृप्तीलाई । गर्न के खोज्दै छस ?" दुई तीन महिना भै सकेको थियो सुरेश र सार्थक नबोलेको र मात्रै तृप्तीको लागि उस्ले सुरेशलाई मेसेज गरेको थियो । बेलुकी ९ बजे तिर सुरेशको मेसेज आयो । उस्ले उ मुम्बईमा भएको र केही कुरा गर्न नभएको प्रतिकृया दियो । उस्को अन्तिम मेसेज थियो - "म सक्दिन तृप्ती संग त्यो कुरा तँ आफै भन्दे तेति ।" सार्थकले मेसेज सिनमै राखिदियो । उ तृप्तीसंग गफ गरिरहेको थियो । उस्ले तृप्तीलाई सुरेश मुम्बई भएको कुराको जानकारी दियो र अर्को मेसेज लेख्यो -" तृप्ती यो सबै कुरा पछी तिमी मसंग रिसाउछौ होला ।" -"के कुरा"
--"सुरेशले नि तिमिलाई भनेको होला तिमिलाई थाहा नि छ होला तृप्ती साइनो पर्छ रे तिमिहरु दुइटा को । मैले सुरेशलाई पहिला नै यो सबै कुरा भन बरु नबोल आस नदेखा भनेको थिए । तर तिमिलाई पुरै कुरा खुल्ने गरि सुरेशले भनेको रैन । सुरेश तिमिसंग नबोल्नुको कारण तेहि हो । "
उस्को त्यो मेसेज केही बेर सिन मै रह्यो । करिब दुई तीन मिनेटमा तृप्तीले रिप्लाई गरि -" याहा आएर येसो गर्नु भन्दा पहिले नै नबोल्नु नि। हाम्रो प्रेम सम्बन्ध त सुरु नभै सकियो । के के सोचेको थिए सायद धेरै सोचे क्यार । मैले त उस्को र मेरो संसार खडा गरिसकेको थिए मनमनै भएनि । कति एक्लो छु म । कम्से कम सुरेश त थियो जस्लाई सोचेर केही खुसी भएको थिए । जस्लाई देखेर मात्रै नि अनुहारमा मुस्कान छाउथ्यो । "
"ठिकै छ जे उस्को मन छ तेहि गरोस् मेरो एकलौटीले पनि त केही हुने हैन । "
- उस्को येस्तो कुरा सुनेर सार्थक केही अलमलमा पर्यो । उस्ले त्यो दिन आफ्नो पढाई छोडेर तृप्तीलाई समझाउने कुरा मन मनै सोच्यो र मेसेज लेख्यो -" हेर तृप्ती तिमी र म धेरै नजिक भैसकेका छौँ । आफू एक्लो छु भनेर कहिले नसोच । ज जति सक्छु म छु तिम्रो लागि । धेरै त नसकुम्ला तर म सक्ने जति अभ्यस गर्नेछु तृप्ती तिमी चिन्ता नगर ।"
येति लेखी सकेर सार्थकले सोच्यो -"किन येति धेरै चिन्ता उस्को । केही दिनको देखाभेट अनि केही गफगाफ त थियो उनिहरु बिच तेहि नि सार्थक सुरेश र तृप्ती लाई एक बनाउने एउटा माध्यम मात्रै त थियो तर नि किन येति धेरै सोच्दै छ सार्थक तृप्तीको बारेमा?, किन लागिरहेछ उस्लाई येति धेरै चिन्ता ? "
त्यो रात तृप्ती र सार्थक अबेर सम्म कुरा गरे । समयको ख्याल न तृप्तीले गरि र सार्थकले । बिहान उस्को ठुलेमा उठेपछी मात्रै सार्थक घडी हेर्न लाग्यो ।
--४ बजेछ बिहानको । कस्तो केही पत्तो नभएको । निन्द्रा नि नपरेको । उस्ले अबेर भै सक्यो केही बेर सुत भनेर तृप्तीलाई सुत्न पठायो । आफू चै उठेर मुख धोयो अनि fridge बाट निकालेर एक बोत्तल चिसो पानी एकै सासमा सक्कायो । अनि चिया बनाउन तर्फ लाग्यो । बिहानै चिया खाने बानी सार्थकको सायद इलामेली भएर थियो । रुममा या बाहिर कतै भए उ एउटा चुरोट नि चियासंगै सल्काउथ्यो तर घरमै थियो उ तेसैले मात्रै चियामा सिमित थिए उस्का बिहानहरु । धन्न शनिबार थियो र उस्को class थिएन नत्र त्यो दिनको class कसरी कटाउथ्यो सार्थक । बिहानको खाना खाई सके पछी उ mock test दिन लाई भनी घर बाट निस्कियो । चोक सम्म पुग्यो र कुपोन्डोल जाने बस पक्डियो ।
देउसो करिब २ बजेको हुदो हो सार्थक घर आईपुग्दा । घर पुरै सुनसान थियो । उ गेट खोलेर घर भित्र छिर्यो र झोला बिसाउन साथ तृप्तीसित भएका बेलुकीका कुरा सम्जियो ।
उस्ले तृप्तीको बारेमा धेरै कुरा जानेको थियो । उस्का जिवनका धेरै उतार चढाब सार्थक सामु पोखेकी तृप्तीले । पहिले भन्दा निकै खुलेर बोलेकी थि तृप्ती । सार्थक पनि तृप्ती सामु एसरी खुलेको थियो जसरी एउटा पाठकका अगि किताबका पाना खुल्छन । उस्ले पनि आफ्नु जीवन कथा छोट्करीमै भएनी सुनाको थियो तृप्तीलाई तर सुनाउनु भन्दा धेरै उ सुनेर बस्यो । उसलाई त्यो सबै कुरा दोहोर्याएर पढ्न मन लाग्यो । मोबाइल झिक्यो र हेर्न थाल्यो तृप्तीका हरेक मेसेज । उ आफ्नो बिगत धेखि तर्सेका कुरा , उस्ले आफ्नै भबिस्य अन्योलमा देखेका कुरा अनि उ वर्तमानमा डराएका कुरा । हरेक कुरा एक एक गर्दै हेर्दै गयो सार्थक । सबै मेसेज पढि सक्दा सार्थकका आँखामा आँशुले डेरा जमाई सकेको थियो । उस्लाई तृप्ती प्रती झनै माया लागेर आयो । ज भएनी साथी भएर खुसी हुने ठाउँ सम्म चै पुर्याउछु सार्थक सोची रहेको थियो । तृप्तीको नयाँ मेसेज उस्ले देखि हाल्यो । exam भएको कारण केहिदिन हराउने उस्ले सन्देश पठाएकी थि । सार्थक पनि उस्कै पढाई मा केन्द्रित हुने सोच लिएर हुन्छ भन्ने सन्देश फर्कायो ।
तर अचम्मको कुरा त्यो दिन धेखी हरेक समय उ तृप्तीकै चिन्ता गर्न थाल्यो । उ न पढाइ को पर्वा गर्थियो न अरु केही को । mockमा सधैजसो आइरहने ९०-१००marks गटेर 50-60को रेन्जमा पुगि सकेको थियो । उ तृप्तीको exam सक्किन्छ र कहिले उ संग कुरा गर्नु भनेर पर्खीरहेको थियो ।
तृप्तीको examको अन्तिम दिन । एउटा class छाडेर सार्थक घर आयो । उ बाटो भर हतारी मात्र रहेको थियो । सबै कुरा बाट भागिरहेको थियो सार्थक केही चोरेर भागे झै । उस्ले बस stand मा यात्रु उतार्न चडाउन रोक्दा नि अर्को बसमा गए हुने नि झै लागिरह्यो । रेड lightमा बस रोकिदा उस्लाई त्यो lightसंग रिस उठ्यो । जसो तसो सबै छिचोल्दै उ घर पुग्यो । घर पुग्न साथ फोन खोल्यो र तृप्तीको सन्देश आएको अड्कल्दै मेसेज हेर्न लाग्यो ।
-- सार्थकको टाउको माथी बाट आकाश खस्यो , उस्को खुट्टा मुनिको जमिन धस्यो , उस्को त्यो उत्सुकता उस्को त्यो हतार सबै खडेरीको हावामा उडेको धुलो झै उडेर गयो । तृप्तीले ब्लक गरेकी थि सार्थकलाई केही केही ठाँउ नराखी ।
सार्थक जहाँ थियो तेहि उभिएको उभिएइ भयो ।
के कारण थियो त ? किन तृप्तीले ब्लक गरि त सार्थक लाई ?
अचम्मको कुरा के भने सार्थक आफ्नै प्रेम सम्बन्धमा थियो तर पनि उ हर समय तृप्ती कै बारेमा सोची रहन्थियो । सार्थक तृप्ती संग नजिक हुँदैछ भन्ने कुरा उस्कि girlfriend करिश्मालाई थाह थियो । एक दुई पटक उनिहेर्को यो कुराले गर्दा झगडा नि नभएको हैन । सार्थक को id अनुजा संग नि थियो । उसैले नै होला तृप्तीलाई केही भनेको भन्ने अनुमान सार्थक ले लगायो ।
सम्बन्धमा हुँदा हुँदै अर्को केटि संग त्येसरी नजिक भएको कस्ले पो देख्न
सक्थियो होला र । सार्थकको अनुमान केहि हद सम्म ठिक थियो । त्योकुरा स्विकारेर सार्थक अगि बड्न थाल्यो । उस्को दैनिक जीवन फेरि पहिला झै सुरु भयो फरक तेस्मा तृप्तिको केही नामो निसान देखिन्थेन । परिक्षा आयो सार्थक ले परिक्षा लेख्यो । तिहार मनाउनलाई केही दिन काठमाडौंमै बस्यो ।
लक्ष्मी पुजाको दिन बेलुकी घरमा भैलो खेल्न एक हुल केटाकेटिहरु आएका थिए । सहरिया जीवन बाट वाक्क भएको सार्थक ती देउसेभैले देखेर मक्ख थियो । उनिहरु संगै मिसिएर उ पनि नाचीरहेको थियो। उस्को फोनमा मेसेज को घण्टी बज्यो । उस्ले फोन निकालेर हेर्यो । मेसेज तृप्तीको थियो । उ हतार हतार उस्को मेसेज रिप्लाई गर्न लाग्यो ।
-"कहाँ थियौ "?
-"किन ब्लक गरेको?"
एक पछि अर्को उस्ले सन्देश पठायो ।
--"म काठमाडौमै छु , सबै बाट टाढा बसेको "
तृप्तीको सन्देश आयो । सार्थक काममा व्यस्त भैसकेको थियो । notification bar बाटै उस्को सन्देश पढ्यो अनि फेरि आफ्नै काम तिर उ लाग्यो ।
भाईटिकाको दिन
टीका लाएर दिदी संग गफ गर्दै बसिरहेको थियो सार्थक । सार्थकको दिदी उ भन्दा धेरै ठुली अनि भुज्की हुनुन्थ्यो । सार्थकले दिदिलाई उ एक तर्फी मायामा भएको भनेर भनेको थियो । तर कसरी सार्थक त प्रेम सम्बन्धमा भएको झन्डै दुई वर्स भैसकेको थियो । अनि रहस्यको कुरा सार्थक तृप्तीलाई केही हद सम्म मन पराउथ्यो । उस्ले खोजेकी केटि जस्तै थि तृप्ती । supportive अनि co-operative । उस्ले दिदीलाई त्यो केटिको नाम तृप्ती भएको भन्ने कुरा भनेको थियो । तेहि कुरा को गफ हुदै थियो दिदी भाइ बिच । तेहि समयमा तृप्तीको मेसेज आयो । "घर कहिले जाने दादा?"उस्लाई तृप्तीले दादा भनेको अलिकतीपनि मन पर्दैन थियो । कति पटक भनिसकेको थियो उस्ले दादा नभन भनेर तर तृप्तीले टेरे पो । -"खै एक दुई दिनमा जान्छु होला" उस्ले सन्देश फर्कायो ।
"म भोलि नै जाने संगै जुम न भन्नलाई थियो "
"म घरमा कुरा गर्छु ल तृप्ती"
उस्ले यो कुरा दिदी लाई सुनाई हाल्यो । दिदिले उस्लाई संगै जान भन्नू भयो । घरमा कुरा मिलाउने बाचा दिदीले गर्नु भयो । कुरा मिल्यो पनि । घरमा सार्थकले झापाको साथी पनि जाने अरे बाटो भरी साथी हुन्छ भन्यो । उस्ले तृप्तीलाई संगै जाने भनेर भन्यो । भित्रभित्रै खुसीले गदगद थियो सार्थक । तेति लामो बाटो उ संगै जादैथियो । बिहान ४ बजे तिर उ चोक निस्कियो । उस्लाई पुर्याउन दिदि, ठुलोबुबा र ठुलिआमा सबै आउनुभयो । गाडी आयो उ चड्यो अनि ठुलोबुबा र ठुलिआमाले थाहा नपाउनुहोस भनेर उ केही पाछाडी गएको नाटक गर्यो । यो बिचमा दिदीले तृप्तीलाई निहालेको उस्ले देख्यो । दिदी सार्थक तिर हेरेर मुस्कुराउनु भयो अनि बाई गर्दै हात हल्लाउनु भयो ।
सार्थक पनि अनुहारमा मुस्कान लिएर दिदिलाई बाई गर्यो । गाडी अगि बडेपछी उ तृप्तीको नजिकको सिटमा बस्यो । । आँखामा हलुका गाजल अनि ओठमा तेहि मीठो मुस्कान । तेहि कलेजमा पहिलो पटक देखेको तृप्ती झै ।सार्थक एकछिन हेरेको हेरै भयो । तृप्ती सार्थक तिर हेरेर मुस्कुरायी । उस्को त्यो मुस्कानमा सार्थक एसरी हरायो कि उस्को लागि समय रोक्किएको थियो । गाडी बिस्तारै बिस्तारै आफ्नो गति बडाउदै थियो । उनिहरु आसपासको वातावरण एक्दमै मौन थियो । तृप्तीले झोला बाट स्याउ निकाली अनि सार्थकलाई खान दिई ।" तिमि पनि खाउ है " भन्दै सार्थकले स्याउ समायो । उनिहरु बिच केही खास कुरा हरु भएनन् । गाडी खाजा खान रोकियो । गाडी बाट उत्रेर तृप्ती केही खाने कुरा किन्न पसल तिर अगि बडि । सार्थक तेहि गाडीको छाहारीमा बसेर प्याकेट बाट चुरोट झिकेर सल्काउन थाल्यो । तृप्तीले सार्थक चुरोट तान्दै गरेको देखि । अलि रिसाएको स्वभावमा निधार खुम्च्याउदै-"तानी हाल्नु पर्छ है " भन्दै उ गाडीमा पसि । सार्थक पनि चुरोट सक्काएर गाडीमा पस्यो । तृप्ती सार्थकसंग रिसाए झै देखिन्थी । "रिसाएको तिमी?" सार्थकले अलि जिस्काएको स्वरमा भन्यो । तृप्तीले आँखा मात्रै तरि लेहि बोलिन । गाडी फेरि आफ्नो रफ्तार समात्दै अगि बड्यो । सिन्धुलीको त्यो घुमाउरो बाटो अनि गाडीको त्यो गति । सार्थकले तृप्तीलाई गारो भएको अनुभूति गर्यो । सिटको छेउ बाट पानी झिकेर उस्ले तृप्तीलाई दियो । पानी पिएर तृप्तीले गोजिबाट दालचिनीको टुक्रो झिकेर च्यापी । "गारो भयो भने सुत " तृप्ती तिर फर्किदै सार्थकले भन्यो । उस्ले केही असहज महसुस भए जस्तो गरि अनि आफ्नु अनुहार अर्को तिर फर्काई । सार्थक केही गलत पो भने कि भनेर आत्मग्लानी गर्दै बस्यो । केही बेरमा तृप्ती निदाई सार्थक भने गाडीको झ्याल बाट बाहिर हेरि बस्यो । तृप्ती निदाई रहेको बेला सार्थकको कुममा आएर ढल्की । उस्को मुटुको धड्कन बड्न थाल्यो । उस्को अनुहार एक्कासी रातोपिरो भयो । के गर्ने के नगर्ने उस्लाई केही आत्तोपत्तो भएन । उस्ले तृप्तीलाई तेतिकेही पल्टिन दियो । झ्यालबाट छिरेको हावाले तृप्तीको कपाल उडाई रहेको थियो । सार्थक डराउदै डराउदै भएनी उस्को कपाल कानमा सिउरिदियो । तृप्तीको सरिरको भारले उस्को हात पुरै निदाई सकेको थियो तर उ तृप्तीको निन्द्रा बिग्रन्छ भनेर केही हलचल नगरी बस्यो । गाडी बर्दिबास पुग्यो । खाना खानलाई गाडी रोकियो । तृप्ती अगिनै उठिसकेकी थि । उनिहरु खाना खान भनी उत्रिए । सार्थक त चुरोट सल्काएर बसेको थियो । गाडी फेरि अगि बड्यो । भत्केको बाटो अनि तराईको गर्मीले वाक्क भएर सार्थक सुत्यो । उस्को आँखा खुल्दा गाडी बरमझियामा रोकिएको थियो । उस्को छेउमा तृप्ती थिइन । उ गाडी बाट उत्रियो अनि पसल नजिकै को धारामा गएर मुख धोयो । गोजिबाट चुरोटको बट्टा निकालेर हेर्यो चुरोट सक्किएको रहेछ । तेहि पसल बाट उस्ले एउटा शिखर आईस किन्यो अनि सल्काएर केही पर जान लाग्यो । उ अगि बडिरहेको के थियो पछाडी बाट आवाज आयो "फेरि अर्को ,कति खान सकेको के" । पछाडी फर्केर हेर्दा तृप्ती उभिरहेको थि । उस्ले त्यो सल्किरहेको चुरोट सार्थकको हातै बाट खोसेर भुइँमा फ्याकिदे र खुट्टाले किल्चेर उ बसमा चडी । सर्थाक पनि न्यास्रो अनुहार लाएर उस्को पछि पछि गयो । इटहरी आइपुग्दा नपुग्दै अँध्यारो भैसकेको थियो । तृप्ती केही खल्बलिदै थि । सार्थक उस्को खल्बली हटाउन के गर्ने भन्न सोचमा थियो । सार्थकलाई थाहा भयी भयी पनि उस्ले तृप्तीलाई कुन कुन स्कुल पढेउ भनेर सोध्यो । तृप्ती आफ्नो बाल्यकाल भन्न थाली । उनिहरु गफमै भुल्लिए । कुरै कुरामा तृप्तीले सार्थकलाई उस्लाई साथिहरुले "च्याउसी" नामले जिस्काउथिए भन्ने कुरा गरि । सार्थक एकछिन त जोड्ले हास्यो । गाडीमा सबै उ तिर हेर्न थाले । सार्थकले आफू अलि बडि नै जोर ले हासेको भय पायो र चुप लाग्यो । अब उ तृप्तीलाई च्याउसी भन्दै जिस्काउदै
उस्को कुरामा तृप्तीको आमाले सहमती जनाउनु भयो । उस्ले त्यो कुरा तृप्तीलाई सुनायो । तृप्ती पनि एकछिन त छक्क परि । अनि तेहि कुरा गर्दै उनिहरु फेरि गफमै भुल्लिए । बिर्तामोड आयो । सार्थक बसबाट उत्रियो । उस्लाई लिन उस्को साथी मन्दिप आएको थियो । बस बाट झरेर उस्ले तृप्ती लाई बाइ गर्दै हात हल्लायो । बस फेरि आफ्नै बाटोमा लाग्यो । मन्दिप र सार्थक रुम तर्फ लागे ।
-"रक्सी खाइदिम आज " मन्दिप बोल्यो ।
--"मलाई त गाडीले मताएको छ है" सार्थक जिस्कियो ।
--"ह्या रेला नगर न मुला खाली एसै गर्छ "
--"साच्चै खाने त ? पैसा छ तँ संग "
--"अलिकति म संग छ अलिकति तँ हाल न मिलि हाल्छ नि "
उनिहरु दुबैको रक्सी खाने कुरामा सहमती भयो । ८ बज्नै लागेको थियो । बाटोमा जाँदा जाँदै लिएर जाने अनि रुममा गएर खाने उनिहरुको सल्ला भयो । बाटोमै रहेको डिलरबाट ६ वटा बियर अनि केही चिप्स लिएर उनिहरु रुम लागे । रुम पुगेर खाना खायसी उनिहरु रक्सी खान बसे । एक बोत्तल बिय्र निल्न सारै गारो पर्यो सार्थकलाई । नखाएको धेरै भएको थियो सायद । अलिअली मातेपछि चै एक दुई तीन गर्दै ५ बोत्तलनै उसैले खायो । अब उ मातेर रल्लु भएको थियो । तेतिकैमा तृप्तीको मेसेज आएको देख्यो । घडी हेर्दा १२ बज्न लागेको थियो ।
सार्थकका आँखा रसाए। उसले बुझ्यो - माया भनेको एकअर्काको सपना पूरा गर्न दिने स्वतन्त्रता पनि हो। टाढा भएर पनि नजिक हुन सक्नु हो। र सायद यही नै वास्तविक माया हो।
आज पनि उनीहरु आ-आफ्नो बाटोमा हिँडिरहेका छन्। तर एउटा कुरा थाहा छ - जीवनमा जति टाढा भए पनि मुटुको धड्कन भने सधैं एकै तालमा बज्छ। उनिहरु दुई ज्यान भएनी एकै आत्मा भएर जिवन बाँचिरहेका छन् ।